देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपलिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि परीक्षणका लागि स्वाब दिएका शाक्यलाई सोमबार संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको पीसीआर परीक्षण ग्राण्डी अस्पतालमा गरिएको थियो ।

शाक्यको सचिवालयकाअनुसार उनकी पत्नीलाई सन्चो नभएपछि दुवैजनाले स्वाब परीक्षण गरेका थिए । तर, मेयरका पत्नीमा भने संक्रमण देखिएन । मेयर शाक्य हाल होम आइसोलेसनमा बसेको जनाइएको छ ।