देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक

देशान्तर

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ ।

घिसिङका बुबा कृपासिंह घिसिङको ९८ वर्षको उमेरमा गएराति काठमाण्डौमा निधन भएको हो । कुनै दीर्घरोग नलागेका घिसिङ सुकेधारास्थित निवासमा गएराति एक्कासी बेहोस भएका थिए तत्कालै मेडिकेयर अस्पताल लगिए पनि अस्ताताले उनलाई मृत घोषणा गरेको परिवारले जनाएको छ ।

उनका कुलमान घिसिङसहित ६ जना छोरा र तीन जना छोरी छन् । उनको स्वयम्भूमा आजै अन्त्येष्टि गरिंदैछ ।