देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

कैलाली । सुदूरपश्चिममा थप ४५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४५ जनामा संक्रमण पष्टि भएको अस्पतालले जनाएको छ ।

लधुराको ५, कैलालीका १२ र कन्चनपुरका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले जानकारी दिए । त्यहाँ हाल आइसोलेसनमा १२ जना संक्रमित उपचाररत छन् भने ५९ जना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् ।