नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक पार्टी कार्यालय सानोपमा दिउँसो २ बजेका लागि डाएिको छ ।
कोभिड(१९ का कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएपछि नयाँ तालिका सार्वजनिक गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । केन्द्रीय महाधिवेशनको अन्तिम मितिमा फरक नपर्ने गरि कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ ।१४ औं महाधिवेशनका लागि फागुन ७ देखि १० सम्मको समय तोकिएको छ ।
सत्तारुढ दल नेकपाभित्र गहिरिएको संकटकै बीचमा पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वार्ता भएको सार्वजनिक पनि भएको छ । असार १७ मा प्रधानमन्त्री ओलीसँगको भेटमा भएका विषय बैठकमा देउवाले जानकारी गराउनेसमेत बताइएको छ । संवैधानिक निकायमा नियुक्तिका विषयमा छलफल गर्न देउवालाई बोलाइएको बताइएको छ ।
प्रतिक्रिया