देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकाका तीनवटै प्रशासन कार्यालयको आकस्मिक बैठक जारी

देशान्तर

काठमाडौँ । उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बसिरहेको छ । उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौँको हलमा आकस्मिक बैठक बसिरहेको हो ।

बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका सीडीओसहित सुरक्षा निकाय र स्थानीय तहका पदाधिकारहरुको समेत सहभागिता रहेको स्रोतले बतायो । लकडाउनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा तीनवटै जिल्ला प्रशासन तथा सुरक्षा निकायको संयुक्त आकस्मिक बैठक बसिरहेको छ ।

लकडाउनले जनजीवन प्रभावित भएको बेला उद्योगी तथा व्यवसायीहरुले उपत्यकामा बिहीबारदेखि पसलहरु खोलेर सञ्चालन गरेका छन् ।