देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीरगन्जको विशेष कोरोना अस्पतालबाट थप ५ जना डिस्चार्ज

देशान्तर

वीरगन्ज । वीरगन्जको अस्पतालबाट कोरोना जितेर बिहीबार ५ जना घर फर्किएका छन् । गण्डकस्थित विशेष कोरोना अस्पतालबाट बिहीबार बिहान पर्साका ३ र बाराका २ गरी ५ जना निको भइ फर्किएका हुन् । यो सहित कोरोना जित्‍नेको संख्या २८३ पुगेको छ।

पर्साको जिराभवानी गाउँपालिका ४ का २५ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका ५ का २५ वर्षीय पुरूष र वीरगन्ज महानगरपालिका १६ का ७० वर्षीय पुरूष डिस्चार्ज गरिएको अस्पताले जनाएको छ।

यस्तै बाराको कलैयास्थित नेपाली सेनाको गणमा कार्यरत ३५ र ३६ वर्षका २ सेनालाई पनि बिहीबार नै डिस्चार्ज गरिएको अस्पतालका कोर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।