देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ

देशान्तर

 अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

रुकुम जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो ।

केसीसहित थप दुई युवासमेत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजन केसी र खिलराज गिरी रहेका छन । मङ्गलबार राति वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी चौकीमा आक्रमण गरेको थियो ।

तीनै जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।