देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिममा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सेती प्रादेशिक अस्पतालले निकालेको विज्ञप्तिका अनुसार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजोसम्म सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २५ जना मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । आज १८ जना थपिए सँगै उक्त प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि गर्नेको संख्या ४३ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालाका इन्चार्ज रमेश शाहीका अनुसार नयाँ थपिएका १८ जना संक्रमितमध्ये १४ जना कैलालीका छन् । यस्तै अन्य ४ जना अछाम, डोटी, बैतडी र कञ्चनपुरका हुन् ।