देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना जितेर १० लाख मानिस घर फर्किए, नयाँ संक्रमण घट्यो

देशान्तर

काठमाडौं । कोरोना भाइरसको संक्रमण नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । बुधबारसम्म संसारभरका १० लाखभन्दा बढी मानिस निको भएर घर फर्केका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा ५७ जनामा कोरोना देखिएको छ । त्यसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । अन्य ३९ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ। उनीहरुकाे स्वास्थ्यमा पनि सुधार हुँदै गएको छ ।

नेपालमा मात्रै होइन, अन्य देशमा पनि कोरोनाबाट निको हुनेको संख्या विस्तारै बढ्दै गएको छ । गत २४ घन्टामा १० हजारभन्दा बढी मानिस निको भएर घर फर्केका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार, बुधबारसम्म १० लाख पाँच हजार दुई जना कोरोनाबाट निको भएका छन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ ।

बुधबारसम्म संसारभर ३२ लाख २१ हजार ६ सय १७ जनामा कोरोना देखिएको छ । त्यसमध्ये दुई लाख २८ हजार दुई सय ६३ जनाको मृत्यु भएको छ । अहिले १९ लाख ८८ हजार एक सय २५ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये ५९ हजार आठ सय २२ जनाको अवस्था गम्भीर रहेको छ । अन्य कोरोना संक्रमितको अवस्था सामान्य रहेको जनाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो विवरण अनुसार बढी प्रभावित संयुक्तराज्य अमेरिका, इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।