देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

देशान्तर

काठमाडौं । युवा व्यवसायी समाज, भक्तपुर इटा उद्योग व्यवसायी संघ र भक्तपुर ट्रक व्यवसायी संघ भक्तपुरले भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । उनीहरुले नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई पीपीई, स्यानिटाइजर, थर्मलगन लगायतका स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाले उक्त स्वास्थ्य सामाग्री महानगरीय प्रहरी परिसर भक्तपुर, भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरिसकेको छ । सहयोग स्वरुप प्राप्त सामग्री तथा रकम नगरपालिकाद्वारा सञ्चालित विपद् व्यवस्थापन कोषमा जम्मा गरी आवश्यकता अनुसार वितरण गरिदै आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कोरोना भाइरसको संक्रमण जोखिम न्यूनिकरण गर्न सरकारले मुलुकभर लकडाउन जारी गरेपछि विपन्न बर्गलाई आवश्यक सहयोग उपलव्ध गराउने उदेश्यले विपद व्यवस्थापन कोष स्थापना गरेको थियो । कोषमा सहयोग गर्न चाहने व्यक्ति, संघ, संस्थाहरुले नेपाल बैंकको खाता नं ०१९००१०६६३७८५८०००००१ मा रकम जम्मा गर्न सकिने नगरपालिकाले जनाएको छ ।

जिन्सी सहयोग गर्न चाहनेहरुले नगरपालिकाको कार्यालय व्यासी भक्तपुरमा सम्पर्क गर्न नगरपालिकाले आव्हान गर्दै आएको छ ।