देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप २ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५१ पुग्यो

देशान्तर

काठमाडौं । वीरगन्जमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । उनीहरुलाई उपचारका लागि आइतबार बिहान नारायणी अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको छ ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ र ३ का एक सय ४६ जनामा गरिएको परीक्षणमा दुई जनामा संक्रमण देखिएको हो । यसअघि कोरोना देखिएका छपकैयास्थित मस्जिदमा बसेका भारतीय नागरिकको सम्पर्कमा आएका थप दुई जनामा कोरोना देखिएको जनाएको छ ।

कोरोनाको देखिएका वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय र वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ।  ४९ वर्षीय पुरुष वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेको जनाएको छ। अर्कालाई यस अघि क्वारेन्टाइनमा राखिएको थियो ।

वीरगञ्ज महानगरपाकिलाले कोरोना देखिएका भारतीय नागरिकको सम्पर्कमा रहेका वडा नं. १, २ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो ।

त्यसमध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको स्थानीय प्रशासनको भनाइ छ । यसैबीच स्वास्थ्य मन्त्रालयले पनि उनीहरुमा काेराेना भएकाे जनाएकाे छ।

उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ। यि दुई जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ।