देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीरगन्जमा उपचाररत चार जना कोरोनामुक्त, डिस्चार्जको तयारी

देशान्तर

काठमाडौं । वीरगन्जको नारायणी अस्पतालमा उपचाररत संक्रमित चार जना कोरोना भाइरस मुक्त भएका छन्। चारै जनालाई डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायका अनुसार कोरोना निको हुनेमा तीन जना भारतीय र एकजना नेपाली रहेका छन्। उनीहरुको तेस्रो र चौथो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको डा उपाध्याले जानकारी दिए।

उनले भने, ‘चार जनाको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएको छ। उनीहरुलाई डिस्चार्ज गर्ने तयारी गरेका छौं।’ निको भएका रौतहटका नागरिकलाई आजै घर पठाइने छ। तर भारतीय नागरिकलाई कहाँ राख्ने भन्ने विषयमा भने छलफल चलिरहेको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए।

निको भएका तीन भारतीय जमाती वीरगन्जको छपकैयास्थित मस्जिदमा बसेका थिए। योसँगै कोरोनाबाट निको हुनेको संख्या १६ पुगेको छ। हिजोमात्र भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित युवक निको भएका हुन्।