देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोनाको कारण एकैदिन ४३ जनाको मृत्यु , १ हजार नयाँ संक्रमीत

देशान्तर

भारतमा कोरोना भाइरस ९कोभिड–१९० २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या चार सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै समग्र संक्रमितको संख्या पनि १४ हजार तीन सय ७८ पुगेको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा धेरै दुई सय एक जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । भारतको सबैभन्दा प्रभावित यो प्रान्तमा अहिलेसम्म तीन हजार तीन सय २३ संक्रमित फेला परिसकेका छन् । मध्यप्रदेशमा ६९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । त्यस्तै दिल्लीमा ४२ तथा गुजरातमा ४१ जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म १४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने आठ सय ४९ जनामा यसको संक्रमण देखिएको छ । नेपालसँग सीमाना जोडिएको अर्को प्रान्त बिहारमा अहिलेसम्म कोरोना भाइरसका ८३ जना संक्रमित फेला परेका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म एक हजार नौ सय ९२ संक्रमिन निको भएर घर फर्किसकेका छन् ।