देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेनाकाे केन्द्र अब अफ्रिका : WHO

देशान्तर

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको केन्द्र अफ्रिका बन्न सक्ने भन्दै चेतावनी दिएको छ ।

भाइरसको महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख मानिसको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी छ । संक्रमण फैलिएमा तीन करोड मानिस गरिबीको रेखामुनि धकेलिने चेतावनी पनि राष्ट्रसंघले दिएको छ । राष्ट्रसंघले सम्भावित महामारी नियन्त्रणमा लिनका लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट समेत माग गरेको छ । एक हप्तादेखि अफ्रिकामा कोरोना संक्रमण बढेको छ ।

स्वास्थ्य सुबिधा र पूर्वाधार कम भएकाले संक्रमण फैलिएका धेरै मानिसको मृत्यु हुने आंकलन गरिएको छ । भाइरसका कारण एक हजार भन्दा बढीको मृत्यु भएको छ भने करिव २० हजार संक्रमित छन । अहिलेसम्म संक्रमण अल्जेरिया, इजिप्ट र मोरक्कोमा बढि देखिएको छ ।