देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तरद्वारा पिपिई र मास्क सहयोग

देशान्तर

काठमाडौं । देशान्तर साप्ताहिक स्थापनाको ३८औं वर्ष प्रवेश गरेको अवसरमा देशान्तर मिडिया ग्रुपले नुवाकोटको दुर्गम गाउँमा वितरणका लागि एक हजार थान मास्क र केही थान पिपिई सहयोग गरेको छ ।

उक्त सामग्री वितरणका लागि शुक्रबार देशान्तर मिडिया ग्रुपका अध्यक्ष एवं प्रधानसम्पादक कविर राणाले प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीलाई हस्तान्तरण गरे ।

व्यवसायीहरु रघु पुरी र सुवर्णलाल श्रेष्ठको सहकार्यमा देशान्तरले प्रदान गरेको उक्त सामग्रीहरु चाडै नुवकोटा पठाएर वितरण गर्ने जानकारी दिए । स्थानीय सरकारमार्फत उक्त सामग्रीहरु अतिआवश्यक व्यक्तिहरुलाई वितरण गरिने केसीले बताए ।

देशान्तर साप्ताहिक यही वैशाखदेखि स्थापनाको ३८औं वर्षमा प्रवेश गरेको छ ।