देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायतबाट संचालित ‘हिमालय मेल डटकम’को प्रधान सम्पादकमा बिपिन निरौला नियुक्त

देशान्तर

लण्डन । नेपाली पत्रकार बिपिन निरौला हिमालय मेल डटकम को प्रधान सम्पादकमा नियुक्त भएका छन् । बिगत एक दशक भन्दा बढी समयदेखि बेलायतमा रहेर पत्रकारिता गरिरहेका निरौला नेपालबाट प्रकाशित र प्रशारित हुने विभिन्न संचारमाध्यममा बेलायतबाट रिपोर्टिंग समेत गर्दै आएका छन् ।

नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष निरौला युनियनको सस्थापक संयोजक, नेपाल पत्रकार महसंघ बेलायतको संस्थापक सदस्य र बर्तमान सल्लाहकार समेत हुन् ।

नेपाल प्रेस इन्स्च्यिूटबाट पत्रकारिताको तालिम लिएका निरौलाले बेलायतकै लण्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट पत्रकारिता बिषयमा थप अध्ययन गरेका छन् ।

नेदरल्याण्ड फेलोसिप प्रोग्राम अन्तर्गत रेडियो नेदरल्याडबाट पत्रकारिताको तालिम समेत लिएका निरौला रेडियो नेपालको ‘घटना र विचार’, असल शासन लगायतका नेपाली मिडियामा काम गरिसकेका छन् । देशान्तर, घटना र विचार लगायतका प्रिन्ट मेडियामा काम गरिसकेका निरौला हाल एभिन्युज टेलिभिजनका लागि यूके सम्वाददाताका रुपमा सक्रिय पत्रकारिता गरिरहेका छन् ।

निरौलाको सम्पादकीय नेतृत्वमा हिमालय मेल डट कम युके ले आगामी दिनमा अझ निष्पक्ष र सुचनामुलक समाचार सामाग्री प्रकाशन गरी पाठक र सम्पूर्ण नेपाली समाजलाइ सेवा गर्ने आशा एबम बिश्वास लिएको जनाएको छ। साथै सम्पूर्ण पाठक र शुभेच्छुकहरुमा नेपाली नया बर्ष २०७७ सालको सुअबसरमा कोरोना भाइरस संग लड्न सक्ने क्षमता प्राप्त होस् भन्दै सुस्वास्थ्य एबम प्रगतिको मंगलमय शुभकामना ब्यक्त गरेको छ । नेपाली समुदायसँग परिचित निरौलाले डायस्पोराको पत्रकारितालाई नयाँ उचाइ दिने आशा एबम बिश्वास गरिएको छ ।