देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्लोरिन हटाएर फेरि उड्यो सेनाको स्काई ट्रक

देशान्तर

काठमाडौं । स्वास्थ्य सामाग्री लिएर सेनाको स्काई ट्रक फेरि उडेको छ । बिहान साढे सात बजे उडेको स्काई ट्रक क्लोरिनको पिरो आएपछि बीचबाटै फिर्ता भएको थियो । क्लोरिन हटाएर फेरि सामाग्री लिएर फेरि उडेको हो ।

‘अनौठो गन्ध’ आएपछि बिहान उडेको सेनाको स्काई ट्रक बीच बाटोबाटै फिर्ता भएको थियो । फिर्ता हुनुको मुख्य कारण पनि क्लोरिन रहेको पुष्टि भएको छ ।

सरकारले बागमती प्रदेशको राजधानी हेटौंडा, प्रदेश २ को राजधानी जनकपुर र गण्डकी प्रदेश राजधानी पोखराका लागि गाडीबाटै औषधि पठाएको छ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘क्लोरिन झिकेर स्काई ट्रकहरू धनगढी र विराटनगर पठाइएको छ, क्लोरिनकै कारण बिहान स्काई ट्रक फर्किनु परेको अनुसन्धानले देखाएको छ।’