देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नर्भिक अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु हल्ला मात्रै

देशान्तर

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको मृत्यु भएको हल्ला मात्र भएको अस्पतालका अध्यक्ष बसन्त चौधरीले बताएका छन् । सामाजिक सञ्जालमा हल्ला भएजस्तो अस्पतालमा कुनै कोरोना भाइरस संक्रमितको मृत्यु नभएको चौधरीले देशान्तरलाई बताए ।

अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई कोरोना लागेको र एक जनाको मृत्यु भएको भन्ने सामाजिक सञ्जालमा फैलिएको सूचना हल्ला मात्र रहेको बताउँदै चौधरीले हल्लाको पछि नलाग्न आग्रह गरे। उनले ट्विटमार्फत् नियतबस गराइएको हल्ला भएकाले यस विषयमा साइबर क्राइम ब्यूरोमा जानकारी गराइएको उल्लेख गरेका छन् ।

सरकारले कोरोनाको परीक्षण हुने अस्पतालको सूचीमा नर्भिक पर्दैन। भाइरसको परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुन्छ ।

नेपालमा हालसम्म भएको परिक्षणमा एक जनामा मात्र कोरोना संक्रमण देखिएकोमा उनी उपचारपछि निको भइसकेका छन्। पछिल्लो समय भएका परीक्षणमा संक्रमण देखिएको छैन ।