देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतले आइतबारदेखि नेपालको चार सीमानाका बन्द गर्ने, आवतजावत प्रभावित नहुने

देशान्तर

काठमाडौं : कोरोना भाइरसको विश्वब्यापी महामारी रोक्न भारतले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।

भारतीय गृह मन्त्रालयको फरेनर्स भिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिब समिप अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरुको आवतजावत प्रभावित नहुने स्पष्ट पारेको छ । भारतले नेपालका चारसहित चार मूलुकका २० नाकाबाट विदेशी यात्रुहरुको आवागमन बन्द गर्नेछ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका नेतृत्वबीच कोरोना नियन्त्रणका लागि कठोर रणनीति तय गर्न सहकार्य गर्नुपर्ने धारणा सार्बजनिक गरेकै दिन भारतले नेपाली र भूटानी नागरिकबाहेकका लागि सबै सीमानाका बन्द गरेको हो ।

नेपाल जोडिएका उत्तराखण्डको बनबासा, उत्तर प्रदेशको सुनौली, विहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट अनिश्चितकालका लागि यात्रु ओहोरदोहोर बन्द गरिने उल्लेख छ ।

भारतीय कूटनीतिक स्रोतका अनुसार नेपालबाट भारत जाने तेस्रो मुलुकका यात्रुलाई मात्र बन्देज लगाइएको हो । नेपाली नागरिकका हकमा यसले फरक पार्दैन ।