देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानको राजधानी काबुलमा अन्धाधुन्ध गोली प्रहार, ३२ जनाको मृत्यु

देशान्तर

अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा ३२ जनाको मृत्यु भएको छ ।

अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको सार्वजनिक कार्यक्रममा बन्दुकधारीहरुको हमलाका कारण दर्जनौ घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आक्रमणको जिम्मा इस्लामिक स्टेट आईएसआईले लिएको छ । गत हप्ता संयुक्त राज्य अमेरिका र तालिवानी लडाकूहरुबीच १४ महिनाभित्र अमेरिकी सैनिक फिर्ता पठाउने सर्तसहित शान्ति सम्झौता भएको थियो ।

शान्ति सम्झौता पछि अफगानिस्तानमा भएको यो सबैभन्दा ठूलो घटना हो । १८ वर्षदखि जारी अफगानिस्तान र अमेरिकाबीचको तनाव सबैभन्दा लामो युद्ध हो ।

अफगानिस्तानमा जारी द्वन्द्वका कारण २४ सय भन्दा बढी अमेरिकी सेनाको मृत्यु भइसकेको छ भने करिब १२ हजार सेना अझै अफगानिस्तानमा तैनाथ छन् ।

गत वर्षपनि उक्त समारोहमा भएको आक्रमणमा धेरै सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ ।

यसैबीच अमेरिका, युरोपियन युनियन र नाटोले उक्त आक्रमणको भत्र्सना गरेका छन् ।