देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरिया, जापानसहित ५ देशको हवाइ उडान रोक्ने सरकारको तयारी

देशान्तर

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले विश्वको विभिन्न ठाउँमा पनी फैलिरहेको छ ।कोरोना भाइरस रोक्नको लागि सरकारले विभिन्न कोरोना अतिप्रभावित मुलुकबाट आउने विमान र यात्रुलाई रोक्ने तयारी पनि गरेको छ ।

चीनका साथै जापान, दक्षिण कोरिया, हङकङ र इरानबाट आउने यात्रुहरुलाई रोक्ने सरकारको तयारी छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइतबारबाटै बाहिरने र भित्रिने हरेक यात्रुको स्वास्थ्य चेकजााच गर्न थालिएको छ ।

कोरोनाका कारण चीनपछि सबैभन्दा धेरै मृत्यु इरानमा भएको छ भने दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण फैलिएको छ ।