देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुवेतमा ४ दिनमा ४३ जनामा कोरोना भाइरसको संक्रमण

देशान्तर

कुवेतमा ४ दिनमा ४३ जनामा कोरोना भाइरसको संक्रमण भटिएको छ ।

नोवेल कोरोना भाइरसको संक्रमण बिस्तार हुन नदिन इरानसँगको हवाई सेवा बन्द गर्नेसहितका उपाय अपनाए पनि कुवेतमा संक्रमण बिस्तार भएको छ ।

कुवेतमा गएको सोमबार पहिलोपटक एक व्यक्तिमा कोरोना भाइरस को संक्रमण भेटिएको थियो । अहिलेसम्म कुबेतमा कम्तिमा ४३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस का कारण छिमेकी इरानमा २६ जनाको मृत्यु भएको छ । ओमानले इरानसँगको केही हवाई सेवा बन्द गरेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका ४० देशमा फैलिएको छ ।