देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थापना दिवसलाई लिएर एनआरएन युकेमा विवाद

देशान्तर

लण्डन । गैर आबासिय नेपाली संघ बेलायत (एनआरएन युके) आर्थिक अनियमितताको बिबाद सेलाउन नपाउदै फेरि अर्को विवादको भुमरीमा फसेको छ। एनआरएनको जन्मस्थल युकेमा एनआरएनले आफ्नो स्थापना दिवस अक्टोबर महिनामा मनाउदै आएकोमा युकेमा भने मार्चमा मनाउने भन्ने कार्यक्रम बिबादास्पद भएको छ । यो निर्णयले एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङको चर्को आलोचना भइरहेको छ ।

आउदो मार्च ५ तारिखमा एनआरएन युकेको १५औ स्थापना दिवस मनाउने भनी उक्त कार्यक्रमका लागि विवादित छविका रामशरण सिंंखडालाइ संयोजक तोकेपछि विवाद झन् चर्किएको हो । एनआरएनए युकेका केही संस्थापकहरुलेनै उक्त कार्यक्रमामा सहभागी हुन नैतिकताको आधारमा नमिल्ने बताएका छन् । संयोजक सिंखडा आर्थिक लगायतका बिभिन्न काण्डहरुमा मुछिएको भन्दै उनको नेतृत्वमा आयोजना हुने कार्यक्रममा सस्थापकहरुले सहभागी नहुने जानकारी दिएका हुन् ।

एनआरएन अभियानमा सक्रिय अल्डरसट निवासी बिक्रम भट्टराईले आफ्नो वालमा लेखेका छन्, ‘आज ठिक छ महिना लागेछ पाँच महिना सकिएर एनआरएनए युकेको निर्वाचन सम्पन्न भएको पनि । लगभग हरेक बेलायती नेपालीलाई अवगत भएकै कुरा हो, गएको निर्वाचन र त्यसका घट्नाक्रमहरुले बेलायती नेपाली समाजमा छोडेका डाँमहरु पक्कै सग्ला छैनन । विशेष रुपमा एनआरएनए युके प्रतिको आम दृष्टिकोण सकारात्मक छैन भन्न हिच्किचाउन पर्दैन । गएको पाँच महिना हालको कार्यसमिति र यसलाई समर्थन गर्नेहरुको मुख्य समय ढाकछोप र प्रतिकुल धारणा राख्नेहरुलाई घेर्ने सम्मको कोशिश मै बितेको देखिन्छ, त्यसैको परिणामस्वरूप कति एनआरएनए युकेका शुभ चिन्तकहरु र एउटा स्वतंत्र बुद्धिजीवी समुदाय त यो कार्यकाल भरी टाढै बस्ने निर्णय नै गरेको पनि सुन्नमा आएको छ भने यो कार्यसमितिका विपक्षमा देखिनेहरुले जसरी हुन्छ यसलाई बदनाम गराउने, हुदै नभएका कुराहरुलाई पत्रकारको हवाला दिएर अनर्गल प्रचार गर्ने, हरेक निर्णयहरुलाई राजनीतिको नजरले हेर्ने, विभिन्न अनावश्यक विषयहरुलाई उचाल्ने र असफल गराउने प्रयत्नमा लागेको प्रष्ट बुझिन्छ ।

तर यसो भनिरहँदा के कुरा बिर्सन हुँदैन भने स्पष्ट रुपमा विभाजित समाजलाई निर्वाचनबाट विजयी भएर आएको कार्यसमिति र यसको नेतृत्वले एकै ठाऊँमा ल्याउने प्रयास स्वरुप विभिन्न पदहरु बाँडेर ‘मन्साउने’ प्रयास गर्ने क्रममा, एकाघरका तिन सदस्यहरुलाई सल्लाहकार बनाउनु, एकै व्यक्ति दुई भन्दा बड़ी पदमा मनोनीत गरिनु, एउटै समुदायबाट ४५ भन्दा धेरै सल्लाहकार मनोनीत गर्नु, गएको निर्वाचनमा अध्यक्षमा पराजित व्यक्तित्वलाई आर्थिक अनियमितता सम्वन्धित समिती को संयोजक बनाउन माग भईरहेको बेलामा सल्लाहकारको एक नम्वरमा थन्काईदिनु, लगभग सबै निर्वाचनमा पराजितहरुलाई कोअप र सल्लाहकार बनाईनु, निर्वाचनमा साम–दाम–दंड–भेद सहित लागेकाहरुलाई कुनै न कुनै रुपमा पुरस्कृत गर्न कोशिश गर्नुले उद्देश्य एकातीर परिणाम अर्कैतीर जस्तो देखीदैछ । हो हामी बीच बैचारिक लगायत विभिन्न असहमति हुन सक्छन यी यावत विविधता मध्य एउटा सत्यता के हो भने हामी सबैको नामको अगाडी या पछाडी ‘एनआरएन’को फुर्को सधै झुण्डीरहने छ । हामीहरु मिलेर अगाडी बढ्नुको कुनै अर्को विकल्प छैन, त्यसको लागी असन्तुष्ट पक्षभन्दा नेतृत्वमा बसेकाहरुको ज़िम्मेवारी संधै अहम हुन्छ । वास्तवमा नेतृत्वको सफलता र असफलताको कसी पनि सबैलाई समेट्ने या एक्लै हिड्ने त्यसैको आधारमा तय हुनेछ ।’

त्यस्तै सुबास कायस्थ कमेन्ट गर्दै लेख्छन्– ‘उत्सव मनाऊने समय, पैसा र ऊर्जा अरु कुनै उपलब्धिमुलक काममा खर्च गरे जनता जनार्दन सबैको अझै भलो हुनेथ्यो जस्तो लाग्छ।’

अर्का टिप्पणीकर्ता बोज राज व्यंग्य गर्दै लेख्छन, ‘बेबी शावर मनाएर, बर्थडे मनाएर, एनिभर्सरी मनाएर अहिले स्थापना दिवस मनाइदै छ, यी सबै दिवस मनाउन भन्दा स्वच्छ निर्वाचन, इभोटिङ र आर्थिक पारदर्शितामा जोड दिन सके कति राम्रो हुन्थ्यो तर आ–आफ्ना प्राथमिकता होलान्– ‘कसैलाई के को हतार, घर ज्वाइ लाई खानको’ भने झैं शुभकामना !’

त्यसैगरि युवा पत्रकार मन्दिप केसी लेख्छन, ‘एनआरएन यूकेको समाज भाड्ने अर्को खेल ! एक जनालाई निर्वाचन जिताउन हिडेका कमाण्डर उत्सव मनाँउने संयोजक ! एनआरएन स्थापना दिवस मनॉंउने कि जिताउँन सहयोग गरेको उत्सव । केसीले आफ्नै वालमा लेखेका छन्–

‘एनआरएन स्थापना दिवश गर्ने, त्योभन्दा पहिला आर्थिक बिवादलाई समाधान गर्नु पर्दैन ? खाली हावा कार्यक्रम गर्ने ?’