काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत स्थानीय तहका रिक्त ४८ पदमा २७३ जना उम्मेदवारले प्रतिश्पर्धा गर्दैछन्
कुल २८२ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका भए पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएका कारण २७३ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगको पूर्वघोषित कार्यतालिका अनुसार स्थानीय तहको उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै आइतबारबाट उम्मेदवारहरु चुनाव प्रचार अभियानमा केन्द्रित भएका छन् ।
धरान उपमहानगरमा सबैभन्दा बढी उम्मेदवार
उपनिर्वाचन हुने स्थानीय तहमध्ये धरान उपमहानगरपालिकाको प्रमुख पद सबैभन्दा बढी चर्चामा छ । सोही अनुरुप उपनिर्वाचनका लागि पनि धरान उपमहानगर प्रमुख पदमा सबैभन्दा धेरै उम्मेदवारी परेको छ । धरान उपमहानगर प्रमुख पदमा २३ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन आयोगले जनाएको छ । मंसिर १४ मा हुने उपनिर्वाचन अन्तर्गत सबैभन्दा धेरै उम्मेदवार रहेका स्थानीय तहमा धरान पहिलो नम्बरमा रहेको छ ।
प्रतिक्रिया