देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस शीर्ष नेताहरुको आन्तरिक छलफल जारी

देशान्तर

काठमाडौँ । पार्टीको आन्तरिक विवाद मिलाउन नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन । संसदको तेस्रो अबिधेशन सुरु भएपछि प्रतिपक्षीको भुमिकामा रहेको नेपाली कांग्रेस कसरी अगाडी जाने र सरकारले गरेका कमि कम्जोरीलाई कसरी जनता समक्ष पुर्याउने भन्ने विषयमा कांग्रेसका शीर्ष नेताहरुले छलफल सुरु गरेका छन । पार्टी सभापति शेरबहादुर देउवाले हिजोबाट पदाधिकारहरुसंग छलफल सुरु गरेपछि शीर्ष तहका नेताहरु विवाद अन्त्य गर्दै नयाँ कार्यनिति बनाउन जुटेका छन ।

अहिले नेताहरुले माथिल्ले तहका नेताहरुमा देखिएको विवाद देखि संरचनाको पूर्णता, भ्रातृ, शुभेच्छुक तथा जनसम्पर्क समितिका अधिवेशनका विषयमा केन्द्रित भएर छलफल गर्न थालेका छन । विधानको कार्यान्वयन लगायत पार्टी संरचनाहरूको पूर्णता र अधिवेशनका विषयमा छलफल भएपनि यसमा नेताहरु ठोस निर्णयमा भने पुगेका छैनन् । अहिले अन्तरिक रुपमा छलफललाई जारी राख्ने र अहिले भएका छलफललाई पुर्ण रुपदिन वैशाख १९ गते फेरि पदाधिकारहरुको बैठक बोलाइएको छ ।

सभापति देउवा र महामन्त्री कोइरालाबीच सिर्जित द्वन्द्वका विषयमा समेत हिजोको बैठकमा छलफल भएको थियो । महामन्त्री पूर्णबहादुर खडकाले बेल्जियमको जनसम्पर्क समितिको विषयलाई दुई महामन्त्री बसेर टुंग्याउने भन्दै विवाद अघि नबढाउन सहमति भएको नेताहरुले बताएका छन । छलफलमा वरिष्ठ नेता पौडेलले पार्टीभित्रका संरचनालाई सहमतिका आधारमा पूर्णता दिन र नयाँ संरचनाको अधिवेशन गराउनुपर्नेमा जोड दिनै आउनुभएको ।

संविधान जारी भएर मुलुक संघीय संरचनामा प्रवेश गरेको साढे तीन वर्ष बित्दासमेत कांग्रेसको सांगठनिक संरचना पुरानै छ । नयाँ संघीय संरचनाअनुसार संघमा १ सय ६५ र प्रदेशमा ३ सय ३० निर्वाचन क्षेत्र छन । स्थानीय तहको संख्या ७ सय ५३ छ । नयाँ संरचनाअनुसार गाभिएका वडा, क्षेत्रीय र पालिकामा कसले नेतृत्व मिलाउन पनि नेताहरुकावीचमा छलफल सुरु भएको हो ।