देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसंघ नेता नवराज त्रिपाठी मध्यबानेश्वरबाट पक्राउ

देशान्तर

काठमाडौं । नेपाल विद्यार्थी संघको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आज विहान नेािसंघले नियम विपरित विद्यार्थी भर्ना गर्ने दोषी कजेजहरुलाई कारवाहिको माग गर्दै मध्यवानेश्वरको साइन कलेज अगाडी गरेको शान्तीपूर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

शान्तिपुर्ण जुलुसमा सहभागीरहेका विद्याथीहरु माथि प्रहरीले अन्धाधुन्ध लाठी चार्च गरेको थियो । प्रहरी अनावस्यक रुपमा लाठी चर्चा गरेको भन्दै विरोधमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले लछारपछार गर्दै नियन्त्रण लिएको हो । प्रहरीले नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य एवं पोखरा विश्वबिद्यायलका संयोजक नवराज त्रिपाठीलाई पक्राउ गरेको छ ।

पोखरा विश्वविद्यालयको बेथिति ,मारमा परेका विद्यार्थीको समस्या समाधान र दोेषी कलेजलाई कारवाही माग गर्दै मध्यबानेश्वरको शाइम कलेज अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको नेविसंघ नेता मनिष सिंखडाले जानकारी दिए । त्रिपाठीको पक्राउपछि आक्रोशित विद्यार्थीले एक्सेल कलेजमा तोडफोड गरेका छन् । नेविसंगले त्रिपाठीलाई तत्काल रिहाइ नगरे थप आन्दोलनका कार्यक्रमको घोषणा गर्ने जनाएको छ ।