देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नागकिरताबारे गृहको सर्कुलर कार्यान्वयन नगर्न सर्वोच्चको अर्को आदेश

देशान्तर

काठमाण्डौ । अंगीकृत नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लरअनुसार नागरिकता वितरण नगर्न सर्वोच्चले फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ ।
यसअघि सर्वोच्च अदालतले नै गृहको सर्कुलर अनुसार नागरिकता वितरण नरोक्नू भनेर आदेश दिएको थियो । नागरिकता वितरण नरोक्नु भनेर आदेश दिएको दिएको एक साता नबित्दै सर्वोच्चले आफ्नै आदेशको खण्डन गर्दै नागरिकता वितरणमाथि अन्तरिम रोक लगाएको हो ।

गत साता सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृह मन्त्रालयको सर्कुलरबमोजिम नागरिकता वितरण गर्ने कार्य नरोक्न आदेश जारी गरेको थियो । यसविरुद्ध सर्वोच्चमा परेको अर्को रिटमाथि छलफल गर्दै शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र पुरुषोत्तम भण्डारीको इजलासले गृहमन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न नगराउन भनेको हो । सर्वोच्चको पछिल्लो आदेशमा २०५४ र २०५८ सालमा बाँडिएका ३४ हजार नागरिकता वाहकका सन्तानलाई तत्काल वंशजको नागरिकता वितरण नगर्न भनिएको छ ।

यसअघि न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले विगतका विवादास्पद नागरिकता खारेजको सम्बन्धमा सरकारले गरेको काम कारवाहीको विवरण पेश गर्न आदेश दिएको थियो । गत चैत १९ गते गृहमन्त्रालयले परिपत्र गरेर नागरिकतासम्बन्धी कानून बनाउन संसदमा ढिलो भएको हुनाले अंगीकृत नागरिकलाई परिपत्रका आधारमा बंशजको नागरिकता प्रदान गर्न सर्कुलर गरेको थियो ।