देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युवा इन्जिनियरहरुलाई अवसर दिलाउन पहल गर्नेछु– प्रधान

देशान्तर

इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियसन (नेइए)को निर्वाचन भोलि २८ मंसिरमा हुँदैछ । चुनाव नजिकिँदै जाँदा लोकतान्त्रिक र प्रगतिशिल समुहले सक्रियता बढाएका छन् । मतादाताकाबिचमा आफुलाई मत किन भन्नेमा उनीहरुले आफुले गरेका कामका आधारहरु प्रस्तुत गरेका छन् । यसै विषयमा देशान्तरले लोकतान्त्रिक प्यानलबाट अध्यक्षका प्रत्यासी प्रा.ई. हिरेन्द्रमान प्रधानसँग गरेको कुराकानीको सम्पादित अंश ।

नेपाल इन्जिनियर्स एसोसियसन मा तपाइको उमेदवारी किन ?

नेपाल इन्जिनियर्स एसोसियसनको स्थापना काल देखि नै सक्रिय भएको र विभिन्न तहमा इन्जिनियर हरुको नेतृत्व गरेको आधारमा, एनइए मान्यता ‘ज्ञान नै शक्ति, श्रम नै भक्ती’लाइ थप प्रभाबकारी बनाउँदै, लोकतन्त्र, पेशागत स्वतान्रता, इन्जिनियरहरुको आत्मसम्मान, दिगो समृद्धी र स्थायित्वमा इन्जिनियरहरु को भूमिका बढाउन मैले लोकतान्त्रिक प्यानलको नेतृत्व गर्दै उमेदवारी दिएको हुँ ।

नेपाल इन्जिनियर्स एसोसियसन मा लोकतान्त्रिक प्यानल ले ३१ मध्य २९ वटा कार्यकालमा निर्बाचित भएको इतिहास छ, लोकतान्त्रिक प्यानलले के त्यस्तो उपलब्धि गरेको छ ?

लोकतान्त्रिक समूहबाट नेतृत्व गरेर निर्बाचित अग्रज तथा साथीहरूले निकै राम्रा राम्रा कामहरू गर्नुभएको ईतिहास छ । नेपालमा भएको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेल्नेदेखि बिपतमा परेका इन्जिनियरहरुको उद्दार र इन्जिनियरबिरुद्द गरिएका षड्यन्त्रहरु चिर्न सफल भएको सबैलाई थाहा नै छ । त्यसैगरि एनइएको बिशाल भवन निर्माण, अध्ययन अनुसन्धानको विकास, देशैभरि च्याप्टरहरु गठन गरि संस्थालाइ बलियो बनाइएको छ, जहाँ २७ हजार इन्जिनियरहरु आबद्ध भईसकेका छन । एनइएले २०७२ को भुकम्प पश्चात हज्जारौ घरहरुको पुनर्निर्माण सम्पन्न गरेर लाखौ मानिस हरुलाई सुरक्षित घरहरु को बारेमा सचेत गराएको छ । पुनर्निर्माणमा आन्दोलनरत इन्जिनियरहरुको माग पुरा गराएको छ । नेपाल भ्यालुयर्स एसोसियसनसँग मिलेर थुनामा परेका इन्जियरको रिहा गराइएको छ । आइटी अफिसरको सन्दर्भमा बिषयमा सबै बिश्वबिद्यालयको मान्यता र इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन इन्जिनियरलाइ समेत अबसर दिने बाताबरण बनेको छ जसबाट ३०० इन्जिनियरहरु लाभान्वित छन् । थुप्रै इन्जिनियरिंग प्रोफेसनल संस्थासँग समन्वय गरिएको छ । युवाहरुको लागि बिजनेस इन्क्युबेसन सेन्टरमार्फत काम गरिएको छ । थुप्रै राम्रा कमहरु गरेको छ बिगतको नेतृत्वले । बिधान संसोधन गरेर संघिय ढाचामा एनइएलाइ रुपान्तरण गरि कार्यन्वयनमा लागेको छ ।

त्यसो भए, ३२ औं कार्यकारिणीको निर्बाचनमा लोकतान्त्रिक प्यानलका मुख्य एजेन्डा के छन् ?

हामीले घोषणापत्र मार्फत उपलब्धि र आगामी अजेण्डाबारे प्रकाश परिसकेका छौ । केही महत्वपूर्ण बिषयहरुमा हामीले इन्टर्नसिपलार्इ बिशेष महत्व दिएका छौ । नीतिगत सहमति भएको र निर्णय हुन् बाकी इन्जियारिंग स्टाफ कलेजलाइ कार्यन्वयनमा लैजाने, फ्रेश तथा युवा इन्जिनियरहरुलाई कम्तिमा १० प्रतिशतको सख्यामा विभिन्न आयोजनामा सलग्न गराउनुपर्ने, इन्जिनियरहरुलाई सरकारी निकायमा नेतृत्व तहमा बसेर काम गर्ने अवसर दिलाउने, दरबन्दी सिर्जना गर्न पहल गर्ने, इन्जिनियरको बिमा, रोजगारी, सुरक्षामा जोड दिने । इन्जिन्यरिंगसँग सम्बन्धित क्षेत्रको समग्र विकासमा योगदान गर्ने रहेका छन् ।

३२ औं कार्यकारिणीमा लोकतान्त्रिक प्यानल र हिरेन्द्रमान प्रधान नै किन ?

पहिलो त मेरो टिम समाबेशी, योग्य, अनुभब तथा युवा जोशबाट सन्तुलित, पर्याप्त समय दिन सक्ने र नेतृत्व गर्न सक्ने छ । दोस्रो हिजोको उपलब्धिको थप विकास तथा हाम्रा नया एजेन्डा कार्यन्वयनमा लैजानु पर्ने छ । मेरो ४० वर्षको प्राध्यापन, राष्ट्रिय अन्तर्रास्ट्रिय मंञ्चमा सहभागिताको अनुभब, ब्यबसायिक नेतृत्व, योजना आयोगको नेतृत्व तहमा काम गरेको अनुभवको आधारमा यसपटक पुन लोक्तान्रिक प्यानल नै निर्बाचित हुनु स्वाभाविक छ भन्ने लाग्दछ । ‘इन्जिनियरको नेतृत्व, दिगो समृद्दी तथा स्थायित्व’को मूल मन्त्र बोकेको लोकतान्त्रिक प्यानललाइ मङ्सिर २८ मा हुने एनइए निर्बाचनमा बिजयी गराउनु हुन अनुरोध गर्दछु ।