देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज राष्ट्रिय योग दिवस

देशान्तर

काठमाडौं । आज योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदैछ ।
योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसङ्घले विगत दुई वर्षदेखि हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो ।

पतञ्जलि योगपीठले योगमार्फत निरोगी हुन सबै नेपालीसमक्ष आह्वान गरेको छ । पतञ्जलि योगपीठ हरिद्वार र नेपालका कर्पोरेट मेम्बर उद्धवप्रसाद तिमिल्सिनाले जीवनलाई आनन्दमय, सुखमय र शान्तिमय बनाउने भएकाले योगलाई अनुशरण गर्नु सम्पूर्ण मानवको हितमा रहेको उल्लेख गरका छन ।

अहिले १ सय ७६ देशले योग दिवस मनाउन गइरहेको भन्दै उनले नेपालमा पनि आफ्नो संस्थाले साप्ताहिक योग शिविर जारी राखेको उनले बताए ।

विभिन्न अध्ययनले पुष्टि गरेका छन् कि योग गर्ने मानिस तुलनात्मकरूमा निरोगी हुन्छ त्यसैले निर्धक्क भएर योग गरौँ र निरोगी बनौँ भन्ने नाराका साथ गोग दिवस मनाउन लागिएको हो ।

पतञ्जलि योगपीठले ७७ वटै जिल्लामा योगशाला सञ्चालन गरेर सर्वसाधारणलाई निरोगी बनाउने अभियान थालेको बताउँदै तिमिल्सिनाले अहिले ४० हजार योग शिक्षक÷शिक्षिका तयार भइसकेको बताए ।