देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रकवि घिमिरेलार्इ आज फेरि उपचारका लागि भारत लगिने

देशान्तर

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा पुनः समस्या देखिएपछि थप उपचारका लागि भारत लगिने भएको छ । शनिबार मात्रै भारतको मेदान्त अस्पतालमा उपचार गरी स्वदेश फर्केका घिमिरेको स्वास्थ्यमा समस्या देखिएकाे थियाे । ग्राण्डी अस्पतालमा उपचाररत उनको दिसामा निरन्तर रगत देखिएपछि गत जेठ ९ गते भारतको मेदान्त अस्पताल लगिएको थियो ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेका अनुसार अाज साँझबाट पुरानै समस्या (दिसाबाट रगत जाने) बल्झिएपछि भारत लैजाने तयारी भएको हाे । उनले घिमिरे परिवारले भारतमा उपचाररत चिकित्सकसँग सम्पर्क गरेपछि साेही अस्पताल लैजाने निधो भएको पुष्टि गरे । घिमिरेलार्इ सोमबार भारत लगिने भएपनि समय भने तय भएको छैन । डा. पाण्डेले डिस्चार्ज भएको २४ घण्टा नवित्दै साेही राेग पुनः दाेहाेरिनुमा उपचार सफल नभएको बताए ।

‘भारतमा गरेको उपचार पनि सफल नभएको जस्तो देखियो । त्यसैले फेरी परिवारले सोही अस्पताल लैजाने चाहना गर्नु भएको हो ।’ डा. पाण्डेले नयाँ पत्रिकासँग भने,’राष्ट्रकविज्यु सय वर्ष नजिक हुनुहुन्छ । उहाँको शरीरमा रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कम भएकाले समस्याकाे समाधान नभएको हो । भारतका डाक्टरलाई दोस दिने ठाउँ पनि छैन ।’ उनले अघि भने,’एउँटा समस्या समाधान गर्दा उहाँमा अर्को समस्या देखिन थालेको छ । भारतका चिकित्सकहरुले पनि हर प्रयास गरेका छन् । उहाँको उमेरले गर्दा फेरी समस्या देखिन पुग्यो ।’