देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैशाख २१ गते देखी चौथो राष्ट्रिय भलिबल प्रतियोगिता

देशान्तर

काठमाडौं । चौथो राष्ट्रिय भलिबल प्रतियोगिता वैशाख २१ गतेदेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ ।

तीन विभागीय टोलीसँगै शिवम् न्यू डायमण्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता हुनेछ । जस अन्तर्गत प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उप–विजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा वैशाख २१ देखि २५ सम्म सञ्चालन हुने चौंथो राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई तेश्रो संस्करणमा समेत सहयोग गरेको शिवम् सिमेन्ट लिमिटेडले सह–प्रायोजन गर्ने भएको छ ।