देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ च्याम्पियनसीपमा नेपाल ‘समूह ए’ मा

देशान्तर

काठमाडौँ । बंग्लादेशमा हुने साफ च्याम्पियनसीपमा नेपाल समूह ए मा परेको छ । नेपाल रहेको समूहमा बंग्लादेशसँगै भुटान र पाकिस्तान गरी चार टिम रहेका छन् । दक्षिण एसियाली फुटबल महासंघ ढाकामा गरेको ड्र मा समूह बी मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । आयोजकका नाताले बंग्लादेशलाई समूह ए को शीर्ष वरियतामा राखिएको थियो भने साविक विजेताका नाताले भारतलाई पहिलो वरियता दिइएको थियो ।

त्यसपछि विश्व वरियतामा नेपाललाई तेस्रो स्थानमा राखिएको थियो । जसमा नेपाल समूह ए मा परेको हो । ७ टोलीको सहभागिता रहने साफमा नेपालसहित भारत, आयोजक बंग्लादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यसअघिका संस्करणमा फाइनल यात्रा तय गरेको अफगानिस्तान भने मध्य एसियामा सरेपछि सहभागी टोली संख्या ७ मा झरेको हो ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनल चरण पार गरेको छैन । पछिल्लो संस्करणमा समूह चरणबाटै बाहिरीएको नेपाल २०१३ मा सेमिफाइनलमा पराजित भएको थियो ।