देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुवईमा एक नेपाली महिलाको मृत्यु

देशान्तर

युएई, दुवईमा एक नेपाली महिलाको मृत्यृ भएको छ । गोरखाको फुजेल –५ कि २६ वर्षकी अनिता खतिवडा राईको मंगलबार दिउँसो मृत्यु भएको हो । अनिता युएईमै कार्यरत श्रीमानको स्पोन्सर भिसामा तीन वर्ष अघि गएकी थिइन ।
दुवईको लतिफा अस्पतालमा भर्ना भएकी अनिताको रगत जमेका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । अनिताले पेट दुख्यो भनेपछि अस्पताल लगिएपनि रगतमा ईन्फेक्सन भएर रगत जमेका स्पेटिक शक) ले मृत्यु भएको मृतकका श्रीमान अर्जुन खतिवडाले बताएका छन ।
अर्जुनलाई श्रीमतीको शव नेपाल लिएर जान समस्या भएको छ । उपचारका क्रममा १४ हजार दिर्हाम अर्थात ९४ लाख रुपैयाँ खर्च भएकाले शव लिएर जाने पैसा नभएको बताएका छन ।अनिताको मृत्यु विषयमा दूतावासले पनि जानकारी लिएको छ । दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले मृत्युका बारेमा बुझेर अब पुरा गर्नुपर्ने प्रक्रियाका बारेमा पनि जानकारी गराएका छन ।