देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनमा स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण ५ जनाको मृत्यु

देशान्तर

काठमाण्डौ ।

स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण कात्तिक महिनामा मात्रै चितवन मा पाँच जनाको मृत्यु भएको छ ।

यो सहित चालु आर्थिक वर्षको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका नौ जना र कात्तिक महिनामा मात्रै जिल्लामा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये दुई जना चितवनका छन् भने अरु सबै बाहिरी जिल्लाका रहेका छन् ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाका अनुसार मृत्यु हुनेमा एक बालक, चार बालिका र चार महिला रहेका छन् । कात्तिकमा मात्र ती रोगका कारण पाँच जनाको मृत्यु भएको छ । असोजमा एकजना, भदौमा दुई जना र साउनमा एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमध्ये तीन जनाको स्क्रब टाइफस, दुई जनाको चिकनगुनिया, तीन जनाको स्क्रब टाइफस र चिकनगुनिया दुवै रोगको संक्रमण र एक जनाको स्क्रब टाइफस र डेंगु दुवै रोगको संक्रमण रहेको झाले जानकारी दिए ।