देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल समूह ‘ए’ को उपविजेता, फाइनलका लागि शुक्रवार नेपाल र अफगानिस्तान भिड्ने

देशान्तर

काठमाडौं । एसीसी अन्डर नाइन्टिन एसिया कपको समूह ए को उपविजेता बन्दै नेपाल पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि बंगलादेश समूह विजेता र नेपाल उपविजेता बनेको हो ।

 

नेपाली टिम इतिहासमै पहिलो पटक एसिया कपको दोस्रो चरणमा पुगेको हो । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन ।

 

समूहको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । नेपालले आइतबर भारतलाई १९ रनले पराजित गरेको थियो । प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन भारत यस हारसागै समूह चरणबाटै बाहिरिएको छ ।

 

भारत यसअघिका तीन वटै संस्करणको विजेता हो । पहिलो संस्करणमा पाकिस्तानसाग संयुक्त विजेता बनेको भारतले अघिल्ला दुई संस्करणमा विजयी भएको थियो ।

 

आफ्नो पहिलो खेलमा बंगलादेशसाग २ विकेटको झिनो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा अर्को टेस्ट मान्यता प्राप्त भारतलाई १९ रनले हराएको थियो ।

 

मंगलबारको खेलमा १३ रनको अन्तरमा १० विकेट लिएपछि नेपालले पहिला ब्याटिङ गरेको मलेसियालाई ४५ रनमा समेटेको थियो। नेपालका स्पिनर सन्दीप लामिछानेले ४.३ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिए। यसैगरी कप्तान दीपेन्ऽसिंह ऐरीले २ ओभरमा एक मेडन राखेर १ रन खर्चिदै २ विकेट लिए।

 

यता वर्षाकै कारण नेपाल र मलेसियाबीचको खेल छोट्याएर २४ ओभरमा झारिएको थियो । नेपालले ४६ रनको झिनो लक्ष्य ५।१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो। प्रारम्भिक ब्याट्सम्यान अनिलकुमार शाह २६ रनमा अविजित रहे। कप्तान ऐरीले ३ बलमा २ छक्काको सहयोगमा १२ रन बनाएर पेबिलियन फर्किए।

 

मंगलबारको खेलमा बंगलादेशले भारतले दिएको १८८ रनको लक्ष्य २८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका प्रारम्भिक ब्याट्सम्यान पिनाक घोस ८१ रनमा अविजित रहे । मध्यक्रमका मोहमद ताबहिद रिद्धी ४८ रनमा अविजित रहे ।

 

मोहमद नाइम शेख ३८ र कप्तान मोहम्मद शेफ हसन १६ रनमा आउट भए । पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै बंगलादेशले जितको आधार बलियो बनाएको थियो । बर्षाका कारण ५० ओभरको खेललाई ३२ ओभरमा छोट्याइएको थियो ।

 

मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनल नेपालले अफगानिस्तानसाग खेल्ने भएको छ । अफगानिस्तान समूह ‘बी’ को विजेता भएपछि नेपालको प्रतिद्वन्द्वी तय भएको हो । नेपाल समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो । सेमिफाइनल शुक्रबार हुने छ । अर्को सेमिफाइनलमा पाकिस्तान र बंगलादेश भिड्ने छन ।