देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यु१९ एसिया कप क्रिकेट : नेपालले मलेसियालाई ८ विकेटले हरायो

देशान्तर

 

काठमाडौं,

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ ।
४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभर तीन बलमा लक्ष्य पूरा गरेको हो । नेपालका आसिफ शेखले १४ बलमा ४ रन, दिपेन्द्र सिंह ऐरीले ३ बलमा १२ रन बनाए । यस्तै अनिल साहले १५ बलमा नटआउट रहँदै २६ रन बनाए । पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले १५ ओभर ३ बलमा मात्रै ४५ रन बनाउँदा अल आउट गरेको थियो । वर्षाले प्रभावित भएपछि खेल २४ ओभरमा झारिएको थियो ।

मलेसियालाई कम रनमा आउट गराउने क्रममा नेपालका सन्दिप लामिछानेले पाँच विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी र बाहब आलमले समान दुई दुई विकेट लिए । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको मलेसियाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ४५ रन बनाएको हो । उसका लागि सइद अजिज सइद मुबारकले २० तथा विरनदीप जगजित सिंहले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका ६ ब्याट्सम्यानले रन नै बनाउन सकेनन् । यसअघि आइतबार भारतलाई हराएको नेपाललाई सेमिफाइनलमा पुग्न भारत र बंगलादेशबिचको खेलको परिणाम कुनुपर्ने छ । नेट रन रेटको आधारमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।