देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालको जित,भारत १९ रनले पराजित

देशान्तर

काठमाडौं । मलेसियामा जारी एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालसाग भारत १९ रनले पराजित भएको छ । नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा १६६ रन बनाउादै अल आउट भएको हो ।

नेपालको जितका लागि कप्ता दीपेन्ऽसिंह ऐरीले ४, पवन सरार्फ २, सहब आलामले २ विकेट लिए भने ब्याटिङतर्फ समेत कप्तान दीपेन्ऽले १०१ बलमा ८८ रन बनाए ।

मलेसियाको बायुमास रंगशालामा भएको खेलमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो । नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान दिपेन्ऽसिंहले ८८ रनका लागि १०१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। जितेन्ऽसिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन मात्र बनाए । शनिबार भएको पहिलो खेलमा बंगलादेशसाग २ विकेटले पराजित भएको नेपाललाई समूह चणर पार गर्न भारतलाई पराजित गर्नै पर्ने दबाबमा थियो ।

भारतका लागि आदित्य ठाकरे र अभिषेक शर्माले दुई, दुई विकेट लिएका थिए । एसीसी—१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ’ए’ मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन् । समूह ’बी’ मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन् ।