देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली युवा क्रिकेट टिम बंगलादेशसँग पराजित,

देशान्तर

काठमाडौं।
एसिया कपको तयारीका लागि बंगलादेशमा रहेको नेपाली यु–१९ क्रिकेट टोली पहिलो अभ्यास खेलमा घरेलु टोलीसँग पराजित भएको छ ।
तीनओटा अभ्यास खेल खेल्न बंगलादेश पुगेको नेपाली टोली बिहीबार सम्पन्न पहिलो खेलमा बंगलादेशको यु–१९ टोलीसँग ३ विकेटले पराजित भएको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन जोडेको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ३२ रन जोड्दा भीम सार्कीले २८, पवन सर्राफले १९, अनिलकुमार शाहले १८, कमलसिंह ऐरीले १७ तथा दीपेन्द्रसिंह ऐरीले १६ रनको योगदान गरे ।

जवाफमा १५४ रनको लक्ष्य बंगलादेशले ३९ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए पनि बंगलादेशलाई रोक्न सकेनन् । नेपाल र बंगलादेशबीचको दोस्रो अभ्यास खेल आगामी शनिबार हुनेछ ।