देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज नारीहरुको महानचाड तिज शिवालयहरुमा भक्तजनहरुको घुईचो

देशान्तर

 काठमाडौं  । नारीहरुको महान चाड आज हरितालिका तिज देशभर धुमधापका साथ मनाइदै छ । आजका दिन बिवाहित महिलाले  आफ्ना श्रीमानको सुस्वास्थ्य दिर्घायुको कामना गर्दै र अविबाहित नारीले योग्य वर पाउ भनी ब्रत बस्ने चलन छ । काठमाडौको पशुपति मन्दिर लगाएत देशभरका शिवलायहरुमा भक्तजनहरुको बिहानै देखि भिड लागेको छ ।

राष्ट्रपतिको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सांस्कृतिक पर्वलाई अक्षुण्ण राख्दै विकृति र नकारात्मक पक्षलाई छोड्दै जानुपर्ने बताए ।

राष्ट्रपतिले आज दिएको शुभकामना सन्देशमा मुलुकका राजनीतिक परिवर्तनसँगै महिलाका हक अधिकारलाई संविधानले प्रत्याभूत गरेको तथा हालै सम्पन्न र हुन गइरहेको स्थानीय तहको निर्वाचनले जगैदेखि महिला नेत्रीलाई स्थापित गर्ने काम गरेको उल्लेख गरे ।

उपराष्ट्रपतिको शुभकामना

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरे ।

हरितालिकाका अवसरमा आज शुभकामना सन्देश दिदै उनले नेपालमा भएका परिवर्तनकारी संघर्षमा महिला दिदीबहिनीले पु¥याएको योगदानको उच्च सम्मान गर्दै परिवर्तनकारी आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरे । नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्व सामु परिचित गराउन नेपाली महिलाको ठूलो योगदान रहेको उनले सन्देशमा उल्लेख गरे ।

जस्तोसुकै दुःख कष्टमा पनि खुशीका साथ चाडबाड मनाउने नेपाली परम्परा भएको उल्लेख गर्दै सन्देशमा उनले बाढी, डुबान तथा पहिरोबाट घरबारविहीन भएका र विनाशकारी भूकम्पका कारण अझै पनि अस्थायी टहरोमै रहेका दिदीबहिनीले पनि सबै दुःख बिर्सेर हर्षका साथ हरितालिका तीज मनाउने विश्वास व्यक्त गरे ।

भक्तजनहरुको घुईचो

हरितालिका (तीज) का अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजन बिहान २ बजेदेखि नै लाममा बसेपछि नै ३ बजे पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति मन्दिरभित्र प्रवेशका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका निर्देशक एवं मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले बताए । पहिलो लाम बनकाली–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी मन्दिर हुँदै पश्चिम मूलढोकाबाट र तेस्रो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको उनले वताए ।

लाम व्यवस्थित गरिएकाले गौशाला–चाबहिल सडक खुला रहेको छ । बिहान ८ बजेसम्म करिब एकलाख ५० हजार दर्शनार्थीले मन्दिर दर्शन गरिसकेका छन् । आज पशुपतिमा विशेष पूजाको कार्यक्रम राखिएको छैन । पशुपति प्रवेशमा कुनै पनि पासको पनि व्यवस्था नगरिएको निर्देशक सिटौलाले बताए ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ६ बजे पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।