देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वाधिक कमाई गर्ने अभिनेत्री बनिन् एमा

देशान्तर

फोर्ब्सले ६ ओस्कार अवार्ड विजेता एमा स्टोनलाई सर्वाधिक कमाई गर्ने अभिनेत्रीको पहिलो सूचीमा राखेको छ । उनले जेनिफर लरेन्सलाई पछाडि छाड्दै पहिलो स्थान हासिल गरेकी हुन् । २०१५ र २०१६ मा जेनिफर सर्वाधिक कमाई गर्ने नायिकाको पहिलो नम्बरमा थिइन् । वेबसाइट व्यारायटी डटकमका अनुसार, स्टोनले फिल्म ुला ला ल्यान्डुबाट २.६ करोड डलरको कमाई गरेकी थिइन् ।

२.५५ करोड डलरको कमाई गरेकी जेनिफर एनिस्टन दोस्रो स्थानमा छिन् । लरेन्स २.४ करोड डलरको कमाई गर्दै यस वर्ष यो मामलामा पछाडि धकलिएर तेस्रो स्थानमा पुगेकी छिन् । यो २०१६ को उनको कमाईभन्दा करीब आधा हो ।

गएको वर्ष यो सूचीमा बलीउड अभिनेत्री दीपिका पादुकोण १० औं स्थानमा थिइन् तर यस वर्ष उनी सर्वाधिक कमाई गर्ने नायिकाको सूचीबाट बाहिरिएकी छिन् ।