देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हक अधिकारका लागी मेराे उम्मेद्वारी :- अधिकारी

देशान्तर

काठमाण्डौ, २० साउन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) क्यालिफोर्निया स्टेट च्याप्टरको सचिव पदका उम्मेदवार सान फ्रान्सिस्को निवासी रोशन अधिकारीले आफ्नो जितले मात्रै यहां रहेका नेपालीहरुको हक अधिकार सुनिश्चित हुने भन्दै अमूल्य मत दिएर जिताउन आग्रह गरेका छन् । यहां रहेका नेपालीहरुको हरेक सुखदुःखमा साथ दिन आफू तयार रहेको भन्दै स्वार्थका लागि आफुले उम्मेदवारी नदिएको स्पष्ट पारे ।

नेपालका पत्रकारहरुसंगको टेलिफोन सम्बादमा उनले अमेरिकामा रहेका नेपालीहरु सदैव राष्ट्रप्रति चिन्तित रहेको यहांका एन आर एनहरु नेपालको उत्पादनशिल क्षेत्रमा लगानी गर्ने इच्छुक रहेको बताए । नेपालमा रहँदा समेत समाजसेवीमा जीवन विताएका पत्रकार समेत रहेका अधिकारीले अमेरिकामा समेत समाजसेवी कार्यलाई निरन्तरता दिंदै अगस्ट ११ र १२ गते हुने अधिबेसनका लागि उम्मेदवारी घोषणा गरेको बताए ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आगामी सन् २०१७/२०१९ सम्मका लागि पदाधिकारी चयनका लागि निर्वाचन हुँदैछ । समाजसेवामा रमाउने अधिकारीले ‘एकतामा नै बल हुन्छ’ भन्नेकुरामा जोडदिन्छन् । राम्रोलाई भन्दा हाम्रोलाई अगाडी बढाउने र जे काम पनि अन्योलमा पार्ने सिस्टमको विरुद्ध आफ्नो लडाई रहेको र यस्तो प्रथा हटाउनको लागि आफूले उमेदवारीको घोषणा गरेको अधिकारीले गरे ।

उम्मेदवारी घोषणा गर्दै अधिकारीले भने,–आफ्नो जन्मभूमि छोडेर कर्मभुमि आएपछि सबैको प्रमुख सम्स्या भनेको नै सम्पर्क, सामान्य जीवन, काम र समाजलाई सिक्ने कुराहरु हुन् । बस्दै आएका ब्यक्तिहरु मात्र होइन नयाँ जेनेरेशनहरुलाई करियर गाइड, समाजको समग्र बिषय बस्तु उठाउनु, इमिग्रेशनका सल्लाह, सुचना केन्द्र जस्ता कुरा नै तत्कालका गर्नु पर्ने काम हुन र आफु तिनै सामान्य काम गर्नको लागि प्रयासरत रहन्छु ।

अहिलेसम्म क्यालिफोर्नियामा कति नेपालीहरु बसोबास गर्छन् भन्ने बारेमा तथ्याङ्क संकलन गर्नु आवश्यक रहेको भन्दै अधिकारीले त्यसपछि मात्र यहाँ रहेका नेपालीहरु माझ के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने कुरा केन्द्रीइ तहसम्म पहल गरी नेपालीहरुको सबै धर्म, सस्कृति, भाषा बचाउनको लागि बर्षमा एक पल्ट भब्य रुपमा कार्यक्रम आयोजना गरिने बताए ।

क्यालिफोर्निया बसाइको क्रममा प्रतक्ष्य अनि अप्रतक्ष्य रुपमा नेपाली समाजको लागि काम गरेका अधिकारीले आफ्नो क्षमताले सके सम्म अझै शषक्त रुपमा निस्वार्थ भावनाका साथ काम गर्ने अठोट लिई मतदाताहरुको माझमा आएको बताए ।