देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन प्रतिशत थ्रेसहोल्डको विधेयक संसदमा पेश

देशान्तर

काठमाडौं । तीन प्रतिशत भोट सीमा (थ्रेसहोल्ड) को व्यवस्थासहित सरकारले संसद्मा प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक पेश गरेको छ । १ दशमलव ५ प्रतिशत थ्रेसहोल्डको व्यवस्थासहित प्रदेश सभाको निर्वाचन सम्बन्धी विधेयक पनि संसद्मा पेश भएको छ ।

 

व्यवस्थापिका संसद्को बिहीवार बसेको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री जनादर्शन शर्माले प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक २०७४ र प्रदेश सभा सदस्य निर्वाचन विधेयक २०७४ पेश गरेका हुन् । नेपाल मजदुर किसान पार्टीले तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था राजनीतिक विचारमाथि प्रतिबन्ध लगाउने मनसायले ल्याइएको भन्दै बिरोध जनाएको छ ।

 

विधेयकमा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फ एक सिट र समानुपातिक तर्फ कुल सदर मतको तीन प्रतिशत मत ल्याउने दलले मात्र संसदमा प्रतिनिधित्व गर्न पाउने व्यबस्था गरिएको छ ।

 

संसद्बाट पारित भएको राजनीतिक दल सम्बन्धी ऐनको दफा ५२ व्यबस्था अनुसार नै तीन प्रतिशत थ्रेस होल्डको व्यबस्था गरिएको गृहमन्त्री शर्माले बताए । उनले यसले कुनै राजनीतिक दलमाथि प्रतिवन्ध नलाग्ने स्पष्ट गरे ।
त्यसअघि विधेयक माथिको विरोधको सूचना पेश गर्दै नेमकिपामा डिल्ली काफ्ले राजनीतिक दलमाथि प्रतिबन्ध नलगाउने संविधनको व्यबस्था विपरित भएकोले थ्रेसहोल्ड खारेज गर्न माग गरेका थिए ।

 

सांसद् काफ्लेले निर्वाचनमा भोजभतेर गर्ने, पैसा बाढ्ने, बुथ कव्जा गर्ने पार्टीलाई थ्रेस होल्डको व्यबस्था हुनु पर्ने बताए । प्रदेश सभाको निर्वाचन सम्बन्धी विधेयकमा १ दशमलव ५ प्रतिसतको थ्रेसहोल्ड प्रस्ताव गरिएको छ ।
संसद्को बैठकमा विपक्षी दल नेकपा एमालेका सांसद् भीम रावलले निर्वाचन सम्बन्धी विधेयक तत्काल पारित गरेर मंसिर महिनासम्ममा संसद्को चुनाव गर्न माग गरेका थिए ।