देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगान सुरक्षाबलको कारबाहीमा ७१ आतङ्ककारी मारिए

देशान्तर

काबुल । द्वन्द्वग्रस्त राष्ट्र अफगानिस्तानमा गत २४ घन्टाभित्र भएका शृखलावद्ध सुरक्षा कारबाहीमा परी ७१ आतङ्ककारी मारिएका अफगान गृह मन्त्रालयले सोमबार प्रकाशित विज्ञप्तिमा जनाएको छ ।

अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलको संयुक्त प्रयासमा आतङ्ककारी विरुद्ध जारी १२ वटा कारबाहीको क्रममा गत २४ घन्टाभित्र ७१ आतङ्ककारी मारिएका प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानको नान्र्गाहार, हेलमान्ड, लाघमान, फराह, कन्दुज, घोर, वार्दाक र जाबुल प्रान्तमा जारी कारबाहीको क्रममा ४० भन्दा बढी आतङ्ककारी घाइते भएका छन् भने अन्य सात जना पक्राउ परेका छन् ।

अफगान गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षा बलतर्फ भने कुनै हताहत भएको जनाकारी दिइएको छैन् ।

अफगानिस्तानमा द्वन्द्वरत तालिवान र इस्लामिक स्टे«ट आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।