देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिला क्यान्सर माथि किताब, अनि बायोग्राफी लेख्नेछु : मनीषा कोइराला

देशान्तर

काठमाडौं । मनीषा कोइराला चाँडै एकपटक फेरी ठूलो पर्दामा कमब्याक गर्दैछिन् । फिल्म डियर मायाुबाट लामो समयपछि उनी ठूलो पर्दामा देखिन लागेकी हुन् । फिल्मलाई लिएर मनीषा उत्साहित छिन् । उनी अब पूरा रुपमा फिल्ममा नै फोकश गर्न चाहन्छिन् किनकी उनी मात्र अब काम गर्न चाहन्छिन् ।

अभिनेत्री मनीषा कोइराला लामो समयको क्यान्सरलाई जितेपछि फिल्ममा सक्रिय भएकी हुन् । चाँडै उनी संजय दत्तको बायोपिकमा संजय दत्तकी आमा नरगिसको भूमिकामा पनि देखिँदैछिन् । अहिले मनीषा कोइराला आफ्नो रिलिजका लागि तयार फिल्म डियर मायाु को प्रमोशनमा दिलोज्यान दिएर लागेकी छिन् ।

फिल्मको प्रमोशनको क्रममा मनीषाले भनिन्, म चाँडै क्यान्सरमाथि एक किताब लेख्दैछु । यसपछि आफ्नो अटोबायोग्राफी पनि लेख्नेछु । मनीषाले अगाडि भनिन्, क्यान्सरका विरामीलाई हौसला र सुझावमा किताब लेख्नेछु ।

आफ्नो निजी जीवनबारे मिडियासँग कुराकानी गर्दै मनीषा अगाडि थप्छिन्, मैले आफ्नो जिन्दगीमा कयौं गल्तीहरु गरेको छु र त्यसको सजाय पनि अहिले भोग्दैछु । मेरो गल्तीको असर मेरो जिन्दगी र शरीरलाई पनि पर्यो । जब मलाई क्यान्सर भयो तब म एकदम एक्लै बस्न चाहन्थेँ ।