देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यौन सम्पर्कका लागि उत्तम समय कुन होला त ?

देशान्तर

एजेन्सी । यौन सम्पर्कका लागि सबैभन्दा उपयुक्त समय कुन होला ? तपाईंहरुमध्ये धेरैको जवाफ रातको ८–९ बजे, बिहानको ३–४ बजे होला ।

तर विज्ञहरुका अनुसार रात वा बिहान झिसमिसे नभई यौन सम्पर्कका लागि अपरान्ह तिन बजेको समय सबैभन्दा उपयुक्त हुन्छ । बेलयाती हर्मोन विशेषज्ञ एलिसा भिट्टीका अनुसार महिला र पुरुषका लागि यौन सम्पर्कको सबैभन्दा उपयुक्त समय दिउँसोको ३ बजे हो ।

यद्यपि यो समयमा हामी धेरै आफ्नो घर वा कार्यालयको काममा व्यस्त हुन्छौँ । धेरैका लागि यो समयमा यौन सम्पर्क गर्नु सम्भव नहुन सक्छ । तर मौका मिल्ने हो र पर्याप्त योजना तथा तयारी गर्न सक्ने हो भने दिउँसो तिन बजेको समयमा गरिने यौन सम्पर्क सबैभन्दा आनन्ददायी तथा उपयुक्त हुने विज्ञहरु बताउँछन् ।

भिट्टीका अनुसार दिउँसोको यो समयमा महिलाको शरीर सर्वाधिक फुर्तिलो तथा सशक्त बनेको हुन्छ र कोर्टिसोल हर्मोनको मात्रा पनि उच्च हुन्छ । त्यस्तै पुरुषमा भने ओस्ट्रोजेन हर्मोनको मात्रा उच्च हुन्छ ।

त्यसैले ३ बजेको समय यौन सम्पर्क गर्दा सन्तुष्टिका लागि सबैभन्दा उपयुक्त समय मानिएकोे हो । हुनत पुरुषमा बिहानको समयमा टेस्टेस्टेरोन हर्मोनको मात्रा सबैभन्दा उच्च हुने भएकाले बिहानको सम्भोग उनीहरुका लागि सबैभन्दा उपयुक्त हुनसक्छ ।

तर महिला पार्टनरको पनि आनन्द वा दुवैजनाको सक्रियता तथा यौनसुखलाई ध्यान दिने हो भने दिउँसोको सम्भोग जत्तिको उत्तम केहीपनि हुन सक्दैन ।
विज्ञका अनुसार हप्ताका अन्य दिनमा कामकाजका कारण दिउँसो यौन सम्पर्क गर्न सम्भव नहुने भएपनि कम्तिमा विदाको दिन दिउँसो ३ बजेको समय निकालेर सहवासमा संलग्न भएर चरम यौन आनन्दको अनुभुति गर्न पनि विज्ञको सुझाव छ ।