देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘दृष्टि आइ केयर केन्द्र’ स्थापना

देशान्तर

काठमाडौँ। आँखा उपचारका क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै ‘दृष्टि आइ केयर केन्द्र’ यहाँ स्थित कलङ्कीमा स्थापना भएको छ ।

दृष्टि विशेषज्ञहरुको क्रियाशीलतामा स्थापना भएको दृष्टि आइ केयर सिस्टमद्वारा सञ्चालनमा आएको सो केन्द्रले मोतियाविन्दुको बिना इन्जेक्सन अत्याधुनिक प्रविधिद्वारा शल्यक्रिया, आँखाको नानी प्रत्यारोपण, रेटिना पर्दाको शल्यक्रियाका साथै डेढो आँखा, आँखाबाट पिप बगिरहने, मासु पलाएको जस्ता सेवा उपलब्ध गराउने जनाएको छ ।

साथै केन्द्रले पहिलोपटक अमेरिकी प्रविधिको उपयोग गर्दै अनलाइन प्रविधिबाट समेत उपचार जानकारी दिने प्रबन्ध मिलाएको दाबी समेत गरेको छ । वरिष्ठ नेत्र विशेषज्ञ डा रामप्रसाद पोखरेल, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरुपमा सो केन्द्रको शुभारम्भ गरे ।

यसअघि दृष्टि आइ केयर सिस्टमले काठमाडौँको चावहिल, जमल र उपत्यका बाहिर बिर्तामोड, कलैया, वीरगन्जबाट आँखा उपचार सेवा प्रदान गरिरहेको छ । सिस्टमका कार्यकारी निर्देशक डा भाइराजा श्रेष्ठले गुणस्तरी आँखा उपचारका लागि केन्द्र स्थापना र विस्तार गरिएको जानकारी दिए ।