देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूरा भयो सँगै बाँच्ने सँगै मर्ने कसम

देशान्तर

काठमाडौं । अमेरिकामा एक दम्पतीको एक घण्टाभित्रमा निधन भएको छ । अमेरिकाको इलिनाइसका दम्पतीको ४० मिनेट भित्रमा निधन भएको हो । अल्जाइमरबाट पीडित ८९ वर्षकी टेरेसा वाट्किनको निधन भएको ४० मिनेटपछि उनका श्रीमान ९१ वर्षका इसाक वाट्किनको निधन भएको डेली हेराल्डले जनाएको छ ।

शनिबार टेरासाको निधन भएपछि श्रीमतीको हात समातेर बसेका इसाकको ४० मिनेट भित्रमा निधन भएको हो।

इसाक र टेरेसाको ६९ वर्षअघि विवाह भएको थियो । परिवारका सदस्यले वाट्किन दम्पती अन्तिमसम्ममा सँगै रहेको बताएका छन् । नाति विलियम वाट्किनले हजुरबुवा हजुरआमाको प्रेम निकै प्रगाढ रहेको र उनिहरु एकसाथ रहेको बताए ।