देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फ्रान्समा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदै

देशान्तर

काठमाडौँ । फ्रान्समा आज पहिलो चरणको राष्ट्रपतीय निर्वान हुदैछ । तीनदिन अघि राजधानी पेरिसमा आईएसको आक्रमणमा प्रहरी मारिएपछि कडा सुरक्षाबीच निर्वाचन हुन लागेको हो । सुरक्षाका लागि ५० हजार प्रहरी र ५ हजार सैनिक तैनाथ गरिएको छ ।

राष्ट्रपतिपदका लागि चुनावी मैदानमा ११ जना उत्रिए पनि पाँच जनाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । विदेशमा रहेका करिब १० लाख फ्रेञ्च नागरिकले शनिबार नै आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

फ्रान्समा जनताले चुनेका प्रतिनिधि पहिला राष्ट्रपति पदका उम्मेदवार भएपछि मात्र मतदान प्रक्रिया अगाडि बढ्छ । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा दोस्रो चरणको निर्वाचन हुनेछ ।