देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तामिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात

देशान्तर

काठमाडौं । तामिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएको छ ।  उनको अवस्था गम्भीर रहेको बताइएको छ । आइतबार राति जयललितालाई हृदयघात भएसँगै चेन्नाइको अपोलो अस्पताको आइसीयूमा उपचार भइरहेको छ ।

जयललिता स्वास्थ्यमा समस्या आएपछि २२ सेप्टेम्बरदेखि अस्पतालमा उपचाररत थिइन् । चेन्नाइको अपोलो अस्पताल बाहिर उनका शुभेच्छुक र शुभचिन्तकको भिड लागको छ । र, सुरक्षा व्यवस्था कडा बनाइएको छ । तामिलनाडुका गभर्नरको कार्यभार समाल्न लागेका विद्यासागर राव रातिनै अस्पताल पुगे ।

जयललिताको मन्त्रीमण्डलका लगभग सबै सदस्य राति नै अस्पताल पुगेका छन् । अस्पतालका प्रवंन्धक संगीता रेड्डीले अस्पतालका डाक्टर मुख्यमन्त्रीको उपचारलाई विशेष ध्यानमा राखेर हरसंभव प्रयास गरिरहेको बताइन् ।

]]>