देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरीमा काज विकृति, पाँच हजार सात सय प्रहरी काजमा

देशान्तर

काठमाडौं । महानगरीय अपराध महाशाखा, टेकुमा प्रहरीको दरबन्दी एक सय ४१ जनाको हो। तर, महाशाखामा दुई सय ११ प्रहरी कार्यरत छन्। तीमध्ये करिब एक सय प्रहरी काजमा आएका हुन् भने महाशाखामै दरबन्दी भएका करिब ५० जना अन्यत्रै काजमा बसेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतमा तीन हजार एकजनाको दरबन्दी छ। तर, परिसरमा दुई हजार नौ सय ५६ जना कार्यरत छन्। तीमध्ये पनि डेढ सय काजमा छन्। परिसरको दरबन्दीका करिब एक सय प्रहरी भने काठमाडौंबाहिर काजमा छन्। 

प्रहरीका हरेकजसो कार्यालयमा काज विकृति छ। प्रहरीमा करिब पाँच हजार सातजना काजमा कार्यरत छन्। अधिकांशले घरपायक तथा आकर्षक ठाउँमा बस्न काज मिलाउने गरेका छन्। काज विकृतिले सुरक्षा व्यवस्थामा समेत असर परेको प्रहरी अधिकारीहरू नै बताउँछन्। तर, विकृति हटाउने प्रयास भएको छैन। प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले पाँच हजार ६ सय ९० प्रहरी काजमा रहेको जानकारी दिए । अधिकांशलाई संगठनकै आवश्यकताअनुसार काजमा खटाइएको उनको दाबी छ। 
 
प्रहरी मुख्यालयबाटः २१२१ जना, महानगरीय प्रहरी कार्यालयबाटः ८५७ जना, पूर्वक्षेत्रबाटः ११४९ जना, मध्यक्षेत्रबाटः ४०५ जना, पश्चिमाञ्चलबाटः २३३ जना, मध्यपश्चिम क्षेत्रबाटः ४४६ जना, सुदूरपश्चिम क्षेत्रबाटः ४७९ जना काजमा रहेका छन् । 

काजमा बस्ने प्रहरी सोर्सफोर्सवाला हुने भएकाले विकृति समाधान हुन पहल नभएको स्रोत बताउँछ। कतिपय हाकिम रिझाएर त केही नेताको सोर्सफोर्समा काजमा बस्ने गरेका छन्। काज मिलाउन ठूला नेताहरूको पनि दबाब आउने गरेको प्रहरी अधिकारी बताउँछन्।  नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>